गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा आज थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपालमा आज (सोमबार) एकै दिन ७२ जनामो कोरोना संक्रमण देखिएको पुष्टी गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार धनुषमा ३, कपिलबस्तु ३, काठमाण्डौ ३, बारा २ जना र रौतहटमा २६ जना कोरोना संक्रमित देखिएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै गरी विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरीएको परिक्षणमा सप्तरीका २ जनामा कोरोना संक्रमण देखिएको छ । यता राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा गरिएको परिक्षणमा बर्दियाका १ जना र बाँकेका ४ जनामा पनि संक्रमण देखिएको हो ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परिक्षणमा बारका २१ जनामा र भेरी अस्पताल नेपालगञ्जमा परिक्षण गरिएका दैलेखका ५ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै गरी प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी रोग अन्वेशण प्रयोग शाला सुर्खेतमा गरीएको परिक्षणमा दैलेखका २ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टी गरेको छ ।
मन्त्रालयका अनुसार आज देखिएको कोरोना संक्रमितमा १ जना महिला र ७१ जना पुरुष रहेका छन् ।



