गोरखा समाचारदाता
काठमाण्डौं – आइतबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बारा, पर्सा, रौटहट, सर्लाहीका, रुपन्देही, काठमाडौँ र नुवाकोट गरी १९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार मोरङका ४५ वर्षीय पुरुष, बाराका ३२ वर्षीय पुरुष, पर्साका २५ वर्षीय पुरुष, पर्सा घर भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुष, काठमाडौँका ७९ वर्षीय पुरुष र नुवाकोटका ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्रवक्ता देवकोटाका अनुसार ४२ जिल्लामा ५२४ पुरुष र ७९ महिला संक्रमित भए पछि यो संख्या ६०३ पुगेको हो ।




















