गोरखा समाचारदाता
गोरखा – समय सिमा भित्र जिल्ला भित्र सवारी प्रवेश गर्न नसक्नेलाई सोमबार देखी रबर उद्योगको खेल मैदानमा पार्किङको ब्यवस्था मिलाईएको छ ।
बेजिल्लाबाट आउने खाद्यान्न तथा निर्माण सामाग्रीहरु लिएर आएका सवारीले निर्धारित समयमा जिल्ला प्रवेश नगरेको खण्डमा उत्त ब्यवस्था मिलाईएको हो ।
कोरोना भाइरस (कोडिभ–१९)को रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आईतबार बसेको बैठकले ‘खाद्यान्न, निर्माण सामाग्री लगायतका सामाग्रीहरुको ढुवानी जिल्लाभित्र र बाहिरको लागि बिहान ६ बजे देखी १० बजेसम्म समय निर्धारण गरिएकोमा बाहिर जिल्लाबाट सामाग्री लिएर जिल्ला प्रवेश गर्ने सवारी साधानहरुमध्ये निर्धारित समयसिमा भित्र जिल्ला प्रवेश गर्न नसकी आँबुखैरेनी बजारमा रोकिएका सवारी साधानहरुको ब्यवस्थापनकालागि तनहुँ जिल्ला स्थित सुरक्षा निकायसंग समन्वय गरी सिद्वार्थ साथमार्गको उपयुत्त स्थानमा ब्यवथापन गर्ने र यसो हुन नसकेको खण्डमा मझुवा देउरालीमा रहेको प्रहरी इकाइए पछाडिको खुल्ला मैदानमा पार्किङ गर्ने ब्यवस्था मिलाउने’ निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
यस अघि साँझ ६ बजे देखी बिहान ६ बजे सम्म त्यस्ता सवारी साधानलाई आवतजावत गर्न दिने निर्णय भएकोमा त्यसलाई उल्टाएर केही दिनमा नै यस्तो निर्णय भएको हो । अहिले भएको निर्णय ब्यापारीको हितमा नभएको भन्दै पुनराबलोकनका लागि उनीहरुले अनुरोध समेत गरेका छन् । सामान्यत एउटा ट्रकको सामान झार्न मात्रै पनि ३ घण्टा भन्दा बढी समय लाग्ने गरेको एक ब्यापारीले बताए ।
बैठकले भारतको सिमामा रोकिएका नेपालीहरु नेपाल प्रवेश गरे संगै सम्वन्धीत जिल्लामा आउने क्रम बढेको भन्दै त्यस्ता ब्यक्तिलाई गोरखकाली टायर उद्योगको निवास क्षेत्रमा बिहान १० बजे देखी भोलीपल्ट १० बजे सम्म जम्मा गरी राख्ने निर्णय समेत गरेको छ ।
जम्मा पारिएका ति ब्यक्तिहरुलाई सुरक्षा निकायको समन्वयमा गोरखा नगरपालिकाले ब्यवस्थापन गर्ने र सम्वन्धीत स्थानिय तहहरुसंग गरी दैनिक एक मुष्ठ रुपमा जिम्मा लगाउने बैठकले निर्णय गरेको छ ।
कमाण्ड पोष्टले आईतबार गरेको निर्णयहरु :




