गोरखा समाचारदाता
काठमाण्डौं – स्वयम्भूमा कार्यरत एक असई गोली लागि मृत्त अवस्थामा भेटिएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक कञ्चटमा गोली लागेर मृत्त अवस्थमा भेटिएको हो ।
डिउटीमा नै रहेको अवस्थामा मृत्त भेटिए पछि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनको दाइने कञ्चटमा गोली लागेको छ ।
उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । अध्ययनपछि मात्रै घटनाको बारेमा थप जानकारी दिन सकिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


