गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याउँदै अर्को सूचना जारी गरेको छ ।
विदा जेठ १२ गते सोमबारका लागी दिइएको जनाइएको हो ।
यसअघि मन्त्रिपरिषद् बैठकले जेठ ११ गते आइतबारका लागि ईदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गृह मन्त्रालयले अर्को सूचना निकालेर त्यसलाई सच्याउँदै ईदको सार्वजनिक बिदा सोमबार दिइएको जनाएको हो ।
नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको बताइएको छ ।


