गोरखा समाचारदाता
काठमाण्डौं – राजाधानीको टोखामा आज (आईतबार) विहान भएको मोटरसाइकल दुर्घटनामा परी २ जनाको ज्यान गएको छ ।
विहान भएको दुर्घटनामा परी दुवै मोटर साईकल चालकको ज्यान गएको हो ।
सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा. ८५ प ५६६ को मोटरसाइकल र झोरबाट टोखातर्फ आउँदै गरेको बा. ९१ प ११८८ को मोटरसाइकल एक आपसमा टोखा नगरपालिका २ को पञ्चेटारमा ठोक्किएको थियो ।
दुर्घटनामा परी चालक २२ वर्षका मनोज दुलाल र २२ वर्षकै पासाङ तामाङको ज्यान गएको हो । दुबै टोखाका बासिन्दा हुन् ।
दुर्घटनामा दुलालकी आमा मथुरा दुलाल गम्भिर घाइते भएकी छिन् । उनको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे प्रहरी अनुसन्धान भइरहेको जनाएको छ ।


