गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोडिभ–१९)ले विश्वभर ११७ नेपालीको ज्यान गएको छ ।
कोरोना भाइरस संक्रमणका कारण उत्त संख्यामा विश्वभरमा नेपालीले ज्यान गुमाएको गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ले जनाएको छ ।
संघका अनुसार यो साता मात्रै पनि थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
यूएई ९, साउदी अरब ५, बेलायत २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।
संघले उपलब्ध गराएको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको कोरोनाका कारण ज्यान गएको छ ।
त्यस्तै गरी अमेरिकामा १६, साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, कतार १ र कुवेत १ जनाले ज्यान गुमाई सकेको छ । ज्यान गुमाउनेहरुमा ९५ पुरुष र १९ जना महिला रहेका छन् ।
विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजार भन्दा बढी नेपालीहरु उपचार पछि स्वास्थ्य भएको संघले जनाएको छ ।
यो साता रुस, रोमानिया र भारतमा बसोबास गर्ने नेपालीमा नयाँ संक्रमण देखिएको छ ।


