गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ लाख नाघेको छ ।
संक्रमणबाट ३ लाख ४३ हजार ८०४ जनाको ज्यान गई सकेको छ । संक्रमित मध्ये विश्व भरी नै २२ लाख ४७ हजार भन्दा बढी सफल उपचार पछि घर फर्किएका छन् ।
कोरोनाले शक्तिशाली देश अमेरिकामालाई बढी प्रभावित पारेको छ । जहाँ १६ लाख ६६ हजार ८ सय भन्दा बढी मानिस संक्रमित छन् । अमेरिकामा यो रोगले अहिले सम्म ९८ हजार ६८३ जनाको ज्यान गई सकेको छ भने संक्रमित मध्ये ४ लाख ४६ हजार ९१४ जनाले सफल उपचार पाएर घर फर्किएका छन् ।
पछिल्लो समय नोबल कोरोना भाइरस (कोडिभ–१९)को संक्रममा अमेरिका पछि ब्राजिल देखिन थालेको छ । जहाँ ३ लाख ४७ हजार ३९८ जना संक्रमित देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ब्राजिलमा अहिले सम्म २२ हजार १३ जनाले ज्यान गुमाई सकेको छ भने संक्रमति मध्ये १ लाख ४२ हजार ५८७ जना उपचार पछि घर फर्किएका छन् ।
त्यस्तै गरी रुसमा पनि संक्रमण दर तीब्र रुपले बढन थालेको छ । रुसमा संक्रमितको संख्या ३ लाख ३५ हजार ८८२ पुगि सकेको छ । रुसमा अहिले सम्म ३ हजार ३८८ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमित मध्ये १ लाख ७ हजार ९३६ जनाले सफल उपचार पाएर घर फर्किएका छन् ।
यता एशिया महादेशमा भारतमा सबै भन्दा बढी कोरोना संक्रमित देखिन थालेको छ । थोरै संख्यामा देखिएकै बेला लकडाउन सुरु गरेको भारतमा दिनदिनै संक्रमितको संख्या अनियन्त्रित रुपमा बढ्न थालेको छ । भारत अहिले सम्म १ लाख ३१ हजार ४२३ जनामा संक्रमण देखिई सकेको छ । भारतमा ३ हजार ८६८ जनाले ज्यान गुमाई सकेका छन् ।
त्यस्तै गरी पाकिस्तानमा पनि संक्रमितको संख्या ५२ हजार ४३७ पुगेको छ । पाकिस्तानमा १ हजार १०१ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै गरी बेलायतमा ३६ हजार ६७५, स्पेनमा २८ हजार ६६८, इटालीमा ३२ हजार ७३५ र फ्रान्समा २८ हजार ३३२ जनाको ज्यान गईसकेको छ । ति राष्ट्रहरुमा केही दिन देखी संक्रमित र ज्यान जानेको संख्यामा कमी आउन थालेको छ ।


