काठमाडौं– चलचित्र निर्देशक दीवाकर भट्टराईले नयाँ नक्सालाई लिएर धेरै प्रचारवाजी गर्नु बुद्धिमानी नहुने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा एउटा स्टाटस लेख्दै उनले यसतर्फ सचेत गराएका हुन् ।
निर्देशक भट्टराईले लेखेको स्टाटस जस्ताको तस्तै :
‘हामीले हाम्रो भूमी फिर्ता पाउनु पर्छ, यो सत्य हो । तर राष्ट्रियताको नाममा भैरहेको यो प्रचारबाजीले नक्सामा देखिएको हाम्रो भुमी किल्किलेमा अड्किएको हड्डी जस्तो बन्ने खतरातर्फ उन्मुख छ ।
यो बिल्कुल दुरदर्शी, कुटनीतिक पहलबाट मात्र सम्भव छ, जसको लागि सरकार र राजनैतिक दलहरुको दृढ इच्छाशक्ति संकल्प हुन जरुरी छ । नत्र भने यो राष्ट्रियतामात्र आफ्नो र सत्ताको कमि-कमजोरी ढाकछोप गर्ने एउटा अर्को अभिष्ट मात्र सबित हुनेछ या त हामीले फेरि अर्को नाकाबन्धी अथवा अझ भारतको गुलामीको सिकार बन्नुको बिकल्प छैन ।’



