काठमाण्डौं – नेपालमा सनिबार बिहान थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।
राजधानीको टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै गरी सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको विज्ञप्तीमा भनिएको छ ।
यता प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ। रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
नेपालाम सनिबार बिहान सम्म ७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ जनाको ज्यान गईसकेको छ।



