गोरखा समाचारदाता
गोरखा – गोरखाको उत्तरी क्षेत्रमा रहेको एक भेडी गोठबाट प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।
प्रहरीले आरुघाट गाउँपालिका १ को नउ बन क्षेत्रमा रहेको भेडी गोठबाट भरुवा बन्दुरक नियन्त्रणमा लिएको हो ।
स्थानियको सूचनाको आधारमा प्रहरीले भेडी गोठ बनाएर बस्दै आएका धार्चे गाउँपालिका ६ यार्साका ५० बर्षिय मनु घले र उनका छोरा २० बर्षका नोउबहादुर घलेलाई समेत नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले गोठमा रहेको भरुवा बन्दु र गोठमा बस्दै आएका बावुछोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।


