गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा शुक्रबार साँझ थप ९ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार साँझ बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै गरी सप्तरीको बलान बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।





















