गोरखा समाचारदाता
काठमाण्डौं – आज नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।
आज (शुक्रबार) पछिल्लो पटक २० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा १४ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ५ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल गरेको नियमित पत्रकार सम्मेलनेमा बैतडीको शिवनाथ १ का २२ वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षिय पुरुष र कैलालीका १९, २३ र २६ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको जानकारी दिएको हो । उनीहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो ।
यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो । १३ जना नरैनापुरका छन् । १ जना राप्ती सोनारीका रहेका छन् ।
यस्तै मोरङको रतुमाइका ४१ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८१९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ३ हजार ४२१ जनाको परीक्षण भएको छ ।
अहिलेसम्म पिसिआर प्राविधिबाट ४२ हजार ४८८ र आरडिटी विधिबाट ८२ हजार ११६ जनाको नमुना परीक्षण भएको छ ।
हालसम्म प्रदेश नम्बर १ मा ५८ जना, प्रदेश नम्बर २ मा १५५, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
यसैगरी प्रदेश नम्बर ५ मा २०३ जना, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ४३३ जना संक्रमित आइसोलसनमा उपचार गराइरहेका छन ।
देशभरी २७ हजार ८२९ जना क्वारेन्टाइनमा रहेका छन् ।


