गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोडिभ–१९)बाट शुक्रबार दिउसो सम्म थप २० जनामा संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिदै मन्त्रालयको प्रवत्ता डा.विकास देवकोटाले शुक्रबार दिउसो सम्म २० जनामा संक्रमण देखिए पछि नेपालमा अब संक्रमितको संख्या ५०७ जना पुगेको छ ।
आज थपिएको संक्रमितहरुमा सबै भन्दा धेरै बाँकेको रहेको छ । अहिले सम्म ४० जिल्लामा संक्रमण देखिएको छ ।



