गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले संविधान संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको छ ।
आज (शुक्रबार) मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।
मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरे लगत्तै विधेयक संसदम दर्ता गरको हो ।


