साँकेतिक तस्बिर
गोरखा समाचारदाता
काभ्रे – केही साता पहिले कोरोना भाइरसको संक्रमणले आमा गुमाएका बालकलाई धुलिखेल अस्पतालले डिस्चार्ज गरेको छ ।
आइसोलेसनमा रहेका उपचार भई रहेको १६ दिनका शिशुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आए पछि आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको हो । बालकको पहिलो पिसिआर रिपोर्ट समेत नेगेटिभ आएको थियो ।
सिन्धुपाल्चोकको बाह्रबीसे माईती बस्दै आएकी २९ वर्षीया सुत्केरीको जेठ १ गते बिहीबार ज्यान गए पनि जेष्ठ ३ गते सनिबार मात्र कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।




















