गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा शुक्रबार बिहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरवाध निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । त्यस्तै नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ निवासी ३३ र ३५ वर्षीय पुरुषहरु र १५ वर्षीया महिला छन् ।
यस्तै संक्रमित हुनेमा कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४,२५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीया बालिका छन् भने सर्लाही गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रानगर बहुअर्वा गाउँपालिका निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीय महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना भाइरस (कोडिभ–१९) का कारण नेपालमा अहिले सम्म ३ जनाको ज्यान गई सकेको छ ।


