गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा आज थप ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयले नियमीत पत्रकार सम्मेलनमा जानकारी दिदै झापा र रुपन्देहीमा गरी थप ९ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा डा.विकास देवकोटाले झापामा ९ जना र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।





















