×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मनिषाको समर्थनमा कलाकार भन्छन् भारतीय मिडियाले हेपाहा प्रवृत्ति देखायो

  •  
  • बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    आफ्नो जन्मभूमि दुख्दा आफ्नो पुर्खाले जोगाएर राखेको मुलुकमा समस्या आउँदा कसलाई दुख्दैन र ? पराइ देशमा गएर कर्म गर्दैमा केही सफलता पाउँदैमा आफ्नो मातृभूमिलाई लत्त्याउन कसैले सक्दैन, कसैले औँला उठाउँदा चुप बस्न सक्दैन । नेपाल पछिल्ला केही दिन यता निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । एकातिर कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै जानु अर्को तिर छिमेकी मुलुक भारतले सिमाना अतिक्रमण गर्दै सडक पुर्‍याउनु ।

    यसरी नेपाललाई कुनै आधिकारिक सूचना नगराई नेपाली भूमि लिम्पियाधुरा, लिपुलेकमा भारतले आफ्नो अधीन जमाउनुलाई नेपालीले सामान्य लिने कुरै भएन । यसैको विरुद्ध आवाज उठिरहेको छ । सरकारले पनि लिपुलेक लिम्पियाधुरा सहित नेपालका स्थानलाई समेटेर नेपाली नक्सा सार्वजनिक गरिसकेको छ । जसलाई सारा नेपालीले सफलताको एउटा कदमको रूपमा लिएका छन् । यस खुसीयालीमा नेपालमा रहेका नेपालीले मात्र खुसी साटेका छैनन् प्रवासमा बस्ने नेपालीले पनि निकै हर्ष मानेका छन् । आखिर आफ्नो देशको स्वधिनताको कुरा हो ।

    यसै बिच विगत लामो समय अर्थात् भनूँ आफ्नो करियर भारतमा बनाएर सफलता पाएकी नेपाली अभिनेत्री मनिषा कोइरालाले पनि देशको खुसीयालीमा आफ्नो पनि खुसी बाँडेकी थिइन् । मनिषाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान् देशहरूबिच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ’ लेखेकी थिइन् । यही ट्विटलाई लिएर भारतीय मिडिया मात्र होइन भारतीय जनता समेत उनीमाथि खनिएका छन् ।

    उनलाई भारतको खाएर चीनको इसारामा चल्ने भन्दै उनको खण्डन गरिएको छ । यसरी उनीमाथि भारतीय मिडिया खनिनु अनि एक नागरिकले आफ्नो देशको लागी देखाएको प्रेमलाई लिएर प्रोपोगाण्डा निर्माण गर्नु निकै अपरिपक्वताको उदाहरण हो । मनिषाको विरोध भएसँगै नेपाली जनता एवम् सेलिब्रेटी कलाकारहरू एकजुट भएका छन् । उनीहरूले एक सचेत नागरिकले आफ्नो देशको खुसी र दुखमा साथ दिनु त्यो पनि आवश्यक परेको बेला निकै सरहानिय रहेको विचार राखिरहेका छन् । कलाकार निर्माता दीपकराज गिरीले नेपाली छोरी भएकाले नेपालको पक्षमा बोल्नु कुनै अनौठो कुरा होइन र भारतीय मिडियाले यस कुरालाई बङ्गाएर प्रस्तुत गर्नु नै उनीहरूको समस्या रहेको ब ताएका छन् ।

    उनले मनिषाले कतै पनि भारतको विरोध गरेर चीनको समर्थन नगरेको पनि खुलाए । यसै गरी कलाकार विल्सन विक्रम राईले पनि आफू मनिषाको साथ रहेको ब ताएका छन् । यसै विषयमा गायिका इन्दिरा जोशीले पनि मनिषाको समर्थन गर्दै आफ्नो विचार राखेकी छिन् । उनले अभिनय क्षमताका कारण मनिषाले बलिउडमा थुप्रै योगदान दिएको, उनले बलिउडलाई थुप्रै उत्कृष्ट चलचित्र दिएको, त्यहाँ उनले कर तिरेकी छिन । यो कुनै व्यक्तिगत कुरा नभएर सेवाको आदान–प्रदानको कुरा हो लेखेकी छिन् । यसै गरी महानायक राजेश हमाल ले पनि भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन भन्दै आफ्नो विचार राखेका छन् ।

    हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गरेर आफ्नो धारणा राखेका हुन् । उनले भारतको पछिल्लो समयको गतिविधि स्वीकार्य नभएको उल्लेख गरेका छन् । उनी भन्छ, ‘सम्पूर्ण नेपाली जनताले आफ्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता गर्दैनन् इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू-भाग हो’ । साथै नेपाल र भारतबिच उठेको सिमानाको समस्याले सिङ्गो देशका नागरिकलाई जस्तै आफूलाई पनि मर्माहत बनाएको बताएका छन् । उनले भारतले सिमानाको समस्यालाई इतिहास, तथ्याङ्क र प्रमाणको आधार हेरेर कूटनीतिक तवरमा समस्या समाधान गर्न सुझाव दिएका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.