गोरखा समाचारदातान
काठमाण्डौं – सरकार–सरकार मार्फत नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।
सेनाले तेस्रो चरणमा ति स्वास्थ्य सामाग्री आज (बिहीबार) राजाधानी भित्र्याएको हो । थप १२ वटा कन्टेनर स्वास्थ्य सामाग्री समेत तातोपानी नाकाको चिनियाँ क्षेत्रमा आइपुगेको सेनाले जनाएको छ ।
सेनाले यसअघि विमानबाट १९ टन र तातोपानी नाका हुँदै ८ टन औषधि लगायत स्वास्थ्य सामग्री भित्र्याइसकेको छ । सेनाले ३४१ टन स्वास्थ्य सामाग्री खरिद गर्न चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनो फर्मासँग सम्झौता गरेको थियो । त्यसका लागि नेपालले करिव २ अर्ब रुपैया भुक्तानी गरिसकेको छ ।
चीनबाट हालसम्म ३५ टन औषधि भित्रिएको छ । सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउन लागेको हो । बाँकी सामग्री पनि विमान र स्थलमार्गबाट ल्याउने तयारी भई रहेको नेपाली सेनाले जनाएको छ । सरकारले चैत १६ गते सेनालाई औषधि ल्याउने जिम्मेवारी दिएको थियो ।




















