गोरखा समाचारदाता
काभ्रे – भुम्लु गाउँपलिका ८ सिलामे भीरबाट बोलेरो जिप सुनकोशी नदीमा खस्दा २ जना बेपत्ता भएका छन् भने १ जना घाईते भएको छ ।
दोलालघाटबाट सापिङ जाँदै गरेको बा. १६ च ८८३८ नम्बरको बोलेरो आज (बुधबार) दिउँसो करिब ४ बजे उकालोमा जादै गर्दा पछाडी हट्दा सुनकोशी नदीमा खसेको हो ।
दुर्घटनामा भुम्लु गाउँपालिका १ का २६ वर्षीय अशोक गिरी र २७ वर्षीय भोला महत कोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
सोही जिपमा ३४ वर्षीया सानुमाया गिरी घाइते भएकी छिन् । उनलाई बनेपा स्थित शिरमेमोरियल अस्पतालमा उपचार भई रहेको छ ।




















