गोरखा समाचारदाता
बुटवल – कोरोना भाइरस संक्रमणबाट गुल्मिका एक ब्यक्तिको मृत्यु भएको खबर गलत भएको अस्पताल सञ्चालकले बताए ।
रुपन्देहीको तिलोत्तमास्थित क्रिमशन अस्पतालका सञ्चालक सुरज भट्टराईले युवकको मृत्यु नभएको पुष्टि गरेका हुन ।
केही सञ्चारमाध्यमहरुले नेपालमा तेस्रो व्यक्तिको मृत्यु भन्दै खबरहरु सार्वजनिक गरिरहेका छन् । तर अस्पतालका सञ्चालक भट्टराई उक्त खबर गलत भएको बताए । ‘ती व्यक्तिको मृत्यु भएको छैन, स्वास्थ्य अवस्था स्थिर छ’ उनले भने ।
युवकलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । हल्ला बढी भए पछि अस्पताल प्रशासनले केही बेरमा स्वास्थ्य अवस्था सहितको विज्ञाप्ती जारीगर्ने तयारी गरिरहेको छ ।


