एजेन्सी – अम्पुन आँधीबाट जोगिन भारत र बंगलादेशले बंगालको खाडीसँग नजिक रहेका समुद्री तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको छ । भारतले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजानका लागि २० भन्दा बढी उद्धार तथा राहत समूह खटाएको छ ।
आँधी आज भारत र बंगलादेशको सीमाको तटीय क्षेत्रमा जमिनमा ठोक्किने अनुमान गरिएको छ । अहिले आँधी तटीय क्षेत्र तर्फ तीव्र गतिमा बढिरहेको छ । आँधीले भारतका पश्चिम बंगला उडिसासहितका क्षेत्रमा प्रभाव पर्ने देखिएको छ । बंगलादेशमा ढाकासम्मै प्रभाव पर्न सक्ने अनुमान गरिएको छ ।
अम्पुन आँधी एक दशक यताकै सबैभन्दा ठूलो मध्येमा पर्ने मौसमविदको भनाइ छ । यो आँधी जमिनमा ठोक्किँदा वायुको गति १८५ किलोमिटर प्रतिघण्टा हुने अनुमान छ ।
आँधीसँगै पूर्वी भारतका केही स्थानमा भिषण वर्षा हुने अुनमान गरिएको छ भारत र बंगलादेश दुवै देशमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाको उद्दारमा कठिनाइ भएको बताइएको छ ।


