गोरखा समाचारदाता
बिरगञ्ज – लकडाउन पछि भारतको रक्सौलमा क्वारिन्टीनमा बसेका नेपालीहरुलाई आज स्वदेश ल्याईने भएको छ ।
नेपाल सरकारले क्वारिन्टीनमा रहेका २२२ जना नेपाली नागरिकलाई आज वीरगञ्ज ल्याइन लागिएको हो ।
स्वदेश फर्काउन लागिएकामा नेपालको २५ जिल्लाका नागरिका छन् । उनीहरुलाई वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालय र द्धारदेवी माध्यमिक विद्यालयको क्वारिन्टीनमा राख्ने व्यवस्था मिलाइएको छ ।
थ्रोट स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएकाहरुलाई स्थानीय तहको समन्वयमा घर पठाईने छ ।
यसअघि लकडाउनका कारण वीरगञ्जमा फसेका १९८ जना भारतीयलाई स्वदेश पठाइएको थियो । वीरगञ्जको ठाकुरराम क्याम्पसमा राखिएका तथा आफन्तको घरमा बस्दै आएका उनीहरुलाई वीरगन्जको एकीकृत भन्सार चौकी आईसिपी नाका भएर भारततर्फ पठाइएको हो । भारत पठाइएका कोरोना संक्रमण भई निको भएका १ सहित २५ जना जमाती पनि छन् ।


