गोरखा समाचारदाता
काठमाण्डौं – संघिय राजधानीको महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको छ । सई र जवानमा कोरोना संक्रमण देखिएको हो ।
अहिले कालिमाटी वृत्त र सो मातहत रहेका २५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ । यस्तै सो स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको छ ।


