गोरखा समाचारदाता
बिरगञ्ज – बिरगञ्जको एक फोटो स्टुडियोमा यौन धन्दा गरेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उत्त स्टुडियो भित्रबाट २ पुरुष, २ महिला र सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका १० आदर्शनगर स्थित कैलाश चोक नजिक रहेको चित्रलेखा स्टुडियोबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा स्टुडियोका सञ्चालक बैजु प्रजापति सहित ५ जना रहेको विरगञ्ज प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


