गोरखा समाचारदाता
गोरखा – वेवारिसे अवस्थामा फेला परेको भन्दै प्रहरीले बनलाई बुझाएको रतुवा मृगको बच्चालाई सौराह लगिएको छ ।
बच्चा सानो भएका कारण जंगलमा छाड्दा खतरा हुने भन्दै बन कार्यालयले सौराह लगेर बुझाएको हो ।
गोरखा नगरपालिका ५ को पश्चिमकाली क्षेत्रमा फेला परेको भन्दै प्रहरीले हिजो (सोमबार) डिभिजन बन कार्यालय गोरखालाई १ महिने रतुवा मृगको बच्चा बुझाएको डिभिजन प्रमुख तोयनाथ पौडेलले बताए । ‘जहाँ जे जस्तो अवस्थामा थियो त्यही अवस्थामा हामीलाई खबर भएको भए हामीले स्थानिय जंगलमा नै छाड्न सक्थ्यौं । तर आमाबाट छुटी सकेको सारै सानो बच्चा भएको जंगलमा छाड्दा कुकुर वा अन्य जनावरले खान सक्ने भएका कारण सौराहमा लगेर बुझाएको’ उनले भने ।
उत्त क्षेत्रमा रतुवा मृग प्रसस्ता पाईने भएकाले चर्न आएको बेला वा गुडमा नै गएर कोही कसैले ल्याएको अनुमान डिभिजन कार्यालयको छ । बच्चा सानो भएकोले दुध खुवाएर पाल्न यहाँ समस्या हुने भए पछि सौराह बुझाईएको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।




















