गोरखा समाचारदाता
काठमाण्डौं – सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा १ जना १८ वर्षका पुरूष र सुनसरीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रमा खटिएका १ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७७ पुगेको छ ।




















