अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आफूले हाइड्रोक्सिक्लोरोक्वीन खाइरहेको बताएका छन् । त्यसो त पहिला ट्रम्पले मलेरियामा प्रयोग हुने उक्त औषधिको समेत मजाक उडाएका थिए, जति बेला कोरोनाको उपचारमा यो औषधी प्रभावकारी हुने कुरा हरेकतिर भैरहेको थियो ।
अहिले केही वैज्ञानिकहरुले के प्रमाण फेला पारेका छन् भने यो औषधि कोभिड–१९ संग लड्नका लागि प्रभावकारी भैरहेको छ । यो दिशामा क्लिनिकल ट्रायल समेत भैरहेको छ, ताकि यो कत्तिको प्रभावकारी छ भन्ने कुरा पत्ता लगाउन सकियोस् । हिजो सोमबार ट्रम्पसंग उक्त औषधिको प्रभावका बारेमा जिज्ञासा राखेका थिए ।
उक्त जिज्ञासाको जवाफमा ट्रम्पले भनेका छन्- ‘म करिव डेढ हप्तादेखि यो औषधि सेवन गरिरहेको छ, त्यसैले म यहाँ उभिन सकेको छु । तपाईंहरुले देखिरहनु भएको छ, म यहीं छु । मेरो तर्फबाट यही नै एउटा प्रमाण हो । यसका बारेमा निकै सकारात्मक कलहरु आएका छन् ।’
बीबीसी


