गोरखा समाचारदाता
काठमाण्डौं – सोमबार साँझ ६२ जनामा कोरोना संक्रमण भेटिएको छ ।
विभिन्न जिल्लामा गरी उत्त संख्यामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५७ पुगेको छ ।
आज बाँकेमा ४६ जना पुरुष र एक महिला गरी ४७ जनामा एकै दिन संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनीहरु यसअघि संक्रमित भेटिएका नरैनापुरमा बासिन्दा हुन ।
एकै दिन यती ठुलो सख्ंयामा एउटै जिल्लामा संक्रमण पुष्टि भएको यो घटना हो ।
त्यस्तै गरी रौतहटमा ९ जनामा बारा, मोरङ, विराटनगर, गुल्मी, धादिङ, धनुषा, र दाङमा १÷१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजै बिहान रौतहटका ८ र बाराका १ जनामा संक्रमण भेटिएको थियो । बाँकी ५३ जनाको संक्रमण पुष्टि, भेरी अस्पताल नेपालगञ्ज, भैरहवा, धुलिखेल र विराटनगरमा गरिएको परीक्षणमा पुष्टि भएको हो ।
संक्रमितमध्ये २९८ जना पुरूष र ५९ जना महिला रहेका छन् । आज सम्म नेपालमा ३१ जिल्लाका नागरिकहरू सङ्क्रमित भएका छन् । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किका छन भने २ जनाको ज्यान गई सकेको छ ।


