गोरखा समाचारदाता
दैलेख – दैलेखको चामुण्डामा प्रहरी माथि स्थानियले आक्रमण गरेका छन् ।
सनिबार बिन्द्रासैनी नगरपालिका ४ मा प्रहरीलाई स्थानीयहरुले आक्रमण गरेको हो ।
स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको थियो ।
शनिबार साँझ सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लंघन गरी ५०–६० जना स्थानीय बासिन्दा जम्मा भएको जानकारी पाएपछि पुगेको प्रहरी टोली माथि स्थानियले आक्रमण गरेको हो । आक्रमण्मा परी प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।
स्थानीयले एक्कासि प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाईफायर गरेको हो । लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएपछि प्रहरीलाई बोलाउँदा घटना भएको स्थानीयले बताएका छन् ।




















