×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘भाइ मर्दा पनि मेरो नभएको समाज मलाई चाहिँदैन’

  •  
  • बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा — कोरोना कहरमा पोखरा–१६ बाटुलेचौरका मोहन सुनारको परिवारमा अर्को पीडा थपियो । भाइ सम्मरबहादुर सुनारको दुबईमा निधन भयो । यता सम्मरबहादुरका छोरा मनोजले सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न पाएनन् । मोहनले जातको कारण देखाउँदै किरियापुत्री भवन प्रयोग गर्न नदिनेविरुद्ध उजुरी हाले । प्रहरीले दुई आरोपितलाई पक्राउ गर्‍यो । अहिले पक्राउ परेकाका आफन्त र छिमेकीले दैनिकजसो मोहनको घर घेर्छन् । लकडाउनले भन्दा उनीहरूकै त्रासले मोहनको परिवार घरबाहिर निस्कन सकेको छैन ।

    निमोनियाले थलिएका सम्मरबहादुरको उपचारका क्रममा निधन भएको चैत २३ मा खबर आयो । अन्तर्राष्ट्रिय उडान बन्द भएकोले शव नेपाल ल्याउन सम्भव भएन । वैशाख ३ मा सम्मरको अन्त्येष्टि भयो । दुबईमै रहेका सम्मरका माहिला छोरा उतै किरिया बसे । यता नेपालमा कान्छा छोरा मनोज किरिया बस्ने भए । बाटुलेचौरको गैह्रा खोरमा सार्वजनिक किरियापुत्री भवन थियो । मोहनले मनोजलाई त्यहीँ कोरा बसाउन चैत २६ मा भवन निर्माण समितिका अध्यक्ष राम जीसीसँग चाबी मागे । जीसीले स्थानीय भरत थापाको घरमा चाबी रहेको बताए । थापाले जीसीको अनुमतिबिना चाबी नदिने जवाफ फर्काए । तर जीसीले फोनै उठाएनन् । भोलिपल्ट क्षत्री समुदायका मानिस जम्मा भएर दलितलाई भवन उपलब्ध गराउन नसक्ने सुनाए ।

    मोहनका अनुसार स्थानीय जनक थापा र देवबहादुर थापाले जातीय आक्षेप लगाउँदै तथानाम गाली गरे । क्षेत्री समुदायले बनाएको भवन आफूहरूले मात्रै उपयोग गर्ने भन्दै उनीहरूले कालीखोलाछेउको अर्को पुरानो भवन प्रयोग गर्न दबाब दिए । सुनार परिवार पुरानै भवनमा जान बाध्य भयो । तर, दलित भएकैले सार्वजनिक भवन प्रयोग गर्न नदिइएको समाचार सार्वजनिक भएपछि वैशाख १४ मा देवबहादुर र जनकले मोहनलाई धम्क्याए । स्वास्थ्यकर्मीसमेत रहेका मोहनले त्यही दिन वडा प्रहरी कार्यालय बगरमा ज्यानको सुरक्षा माग्दै निवेदन दिए । तर गालीगलौज र धम्की अझै नरोकिएपछि वैशाख १९ मा जिल्ला प्रहरीमा जातीय विभेद तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत उजुरी हाले । जसमा राम, जनक र देवबहादुर थापालाई विपक्षी बनाइएको छ । प्रहरीले मंगलबार राम र जनकलाई पक्राउ गर्‍यो । उनीहरूलाई बुधबार अदातलबाट म्याद थपी जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।

    पक्राउ परेकाको रिहाइको माग गर्दै बाटुलेचौरको क्षत्री समाजले बुधबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्‍यो । भीड नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज नै गर्नुपर्‍यो । ५ जनालाई नियन्त्रणमा लिएर बुधबारै छाडिएको जिल्ला प्रहरी प्रवक्ता राजकुमार केसीले बताए । चण्डिका टोल, मध्यमपथ, अमरदीप र डाँडाकोथोकमा २ सय ४० घर क्षत्री छन् । उनीहरूले सार्वजनिक जमिनमा ३० लाख खर्चिएर दुई वर्षअघि बनाएको उक्त भवनमा युवा क्लब, आमा समूह, क्षत्री समाजको कार्यक्रमसमेत हुने गर्छ । भवन बनाउन पोखरा महानगरपालिकाले ५ लाख र वडा नम्बर १६ ले १ लाख ७४ हजार रुपैयाँ प्रदान गरेका थिए । महानगरमा बुझाइएको प्रस्तावमै भवन सार्वजनिक प्रयोजनको हुने उल्लेख छ । तर, बाटुलेचौरका ८० घर गन्धर्व र अन्य दलित समुदायका व्यक्तिले उक्त भवन प्रयोग गर्न पाएका छैनन् । उक्त घटनाअघि कुनै बोर्ड नराखिएको भवनमा अहिले भने ‘क्षत्री समुदायको समाज घर’ लेखेर टाँगिएको छ ।

    सार्वजनिक स्थल र सरकारी लगानीसमेतमा बनेको भवनको उपयोग एउटा समुदायले मात्रै गर्न नमिल्ने मोहन बताउँछन् । ‘खोला टाढा भएको र त्यहाँको भवन फोहोर पनि भएकाले नयाँ भवन प्रयोग गर्न अनुमति मागेका थियौं,’ उनले भने, ‘दलित भएकैले प्रयोग गर्न दिइएन । उल्टै जातीय आधारमा होच्याउने काम भयो ।’ घटना स्थानीय स्तरमै सामसुम पार्न र उजुरी फिर्ता लिन पटकपटक दबाब आएको मोहनले सुनाए । ‘एउटै समाज हो, पछि यही समाज चाहिन्छ भन्नेखालका अभिव्यक्ति नआएका होइनन्,’ उनले भने, ‘मेरो भाइ बित्दा मेरो नभएको समाज मलाई किन चाहिने ? समाज चाहिन्छ भनेर कहिलेसम्म नुघ्ने ?’ उजुरी दर्ताअघि भवन प्रयोग गर्न नदिइएको विषयमा कसैले छलफलै चलाउन नचाहेको उनी बताउँछन् ।

    दुई जना पक्राउ परेपछि क्षत्री समुदायले मंगलबार र बुधबार दुईपटक चण्डिका टोलमा रहेको मोहनको घर घेरा हाल्यो । अहिले घरको मूल ढोकामा ताल्चा लगाएर १० जनाको परिवार भित्रै बस्छ । आफूहरू त्रात्रमा बस्नुपरेको र घटनाका साक्षीलाई समेत डरधम्की देखाइएको उनको आरोप छ । क्षत्री समुदायले मात्रै रकम संकलन गरेर बनाएकाले अरूले उक्त भवन प्रयोग गर्न नपाउने डाँडाथोक टोल विकास संस्थाका सचिव सन्दीप थापा बताउँछन् । ‘उहाँहरूका लागि छुट्टै भवन खोलानजिकै छ,’ उनले भने, ‘त्यहीँ गएर किरिया गर्नुस् भनेका हौं । यो भवन क्षत्रीले मात्रै प्रयोग गर्ने भएकाले अरूलाई प्रयोग गर्न नदिएका हौं । जातीय विभेद गरेका होइनौं ।’ उनले क्षेत्री समुदाय आक्रोशित भएर सुनारको परिवारमाथि केही भए आफूले जिम्मा लिन नसक्ने अभिव्यक्ति दिए । चर्चित लोकगायक झलकमान गन्धर्व र धर्मराज थापाको जन्मस्थल हो, बाटुलेचौर । केही वर्षअघि चण्डिका टोलकै चोकमा झलकमानको सालिक बनाउने क्रममा समेत क्षत्री समुदायले अवरोध पुर्‍याएको थियो । गन्धर्व समुदायको जोडबलमा झलकमानको सालिक ठडिएको थियो ।

    विभेद गर्नेकै पक्षमा सांसद

    गण्डकी प्रदेश सांसद कृष्णबहादुर थापाले जातीय विभेदको आरोपमा पक्राउ परेका रामबहादुर र जनकलाई बिनासर्त रिहाइ गर्न माग गरेका छन् । उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुई जनालाई प्रहरीले षड्यन्त्रपूर्वक हिरासतमा लिएको आरोप लगाए । ‘केही उच्छृंखल तत्त्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी नेता कार्यकर्ताहरूको षड्यन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको छ,’ विज्ञप्तिमा भनिएकाे छ । बाटुलेचौरकै बासिन्दा थापा नेकपाका कास्की जिल्ला अध्यक्षसमेत हुन् । त्यस्तै रामबहादुर र जनक नेकपाका वडा सचिवालय सदस्य हुन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.