गोरखा समाचारदाता
गोरखा – जिल्लाको थानिस्वाँरामा गोरु काटेको आरोपमा १ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरानचोक गाउँपालिका ३ को थानिस्वाँरामा गोरु काटेर आरोपमा प्रहरीले स्थानिय शिव नेपालीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका नेपालीले छिमेकी ऋषीराम नेपालीको गोरु गाउँबाट ५०० मिटर टाढा लगेर काटेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनाको जानकारी आए लगत्तै इलाका प्रहरी कार्यालय हर्मीबाट खटिएको प्रहरीको एक टोलीले गोरु काटेको स्थानको पहिचान गरेको हो ।


