गोरखा समाचारदाता
गोरखा – मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडले गोरखाको सिरानचोक गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
नोबल कोरोना भाइरस (कोडिभ–१९)का कारण लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्नका लागी संस्थाले सहयोग उपलब्ध गराएको हो ।
कोरोना भाइरसले समग्र क्षेत्रलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा पालिकाको पहलकदमीलाई साथ दिन संस्थाले सामाजिक उक्तरदायित्व अन्र्तगत २० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको संस्थाका शाखा प्रबन्धक दिपक भट्टले बताए । भट्टले सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङ्गलाई चेक हस्तान्तरण गरेको संस्थाका रिना खनालले जानकारी दिईन ।
मेरो माइक्रो फाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लमा १२० शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आई रहेको छ ।


