लकडाउनका करण प्राय गाँउ फर्किएर रमाएका छन् । यस्तै नायक प्रदीप खड्का पनि गाँउ पुगेर लकडाउनमा एैंसेलु र काफल टिप्न निस्किएका छन् । निर्माता सन्तोष सेनसँग प्रदीप एैंसेलु र काफल टिप्न गोदावरीको जंगल पुगेका हुन् ।
गोदावरी नजिकै माथि प्रदीपको गाउँ घुमेर एैंसेलु र काफल खानु खाईयो, सन्तोष सेनले फोटो राख्दै आफ्नो फेसकुमा लेखेका छन् ।
प्रेम गीत युनिटले केहि पहिला लकडाउनमा सर्वसाधरणलाई दर्जनौं मास्क वितरण गरेका थिए । सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म प्रेम गीत ३ को प्रदर्शन मिति गएको चैत २८ लाई तोकिएको थियो ।
तर कोरोना फैलिएपछि फिल्मको प्रदर्शन मिति स्थगन गरियो । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा निर्माता सेन र छेतेन गुरुङको संयुक्त निर्देशन छ ।




















