गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिकालाई सामुदायिक सेवा केन्द्र गोरखा र रोट्रयाक क्लब अफ गोरखाले सहयोग उपलब्ध गराएको छ ।
केन्द्रले पिउने पानी र क्लबले नगद उपलब्ध गराएको हो ।
नोबल कोरोना भाइरस (कोडिभ–१९) संक्रमितहरुको उपचारमा संलग्नहरुलाई पिउने पानीको अभाव भएको जानकारी प्राप्त भए पछि ५० केस पानी उपलब्ध गराएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष कैलासबावु श्रेष्ठले बताए । त्यस्तै गरी रोट्रयाक क्लब अफ गोरखाका युवाहरुले नगद ३० हजार रुपैयाँ उपलब्ध गराएको गोरखा नगरपालिकाले जनाएको छ ।
क्लबका अध्यक्ष विपिन पोखरेलको नेतृत्वमा कार्यालयमा पुगेको युवाहरुको समूहले गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई रकम हस्तान्तरण गरेका थिए ।




















