काठमाडौं– कोरोना भाइरसको महामारीको प्रकोपले यतिबेला विश्वनै आक्रान्त छ । अधिकांश देशहरुले यो महामारीबाट जोगिनका लागि लकडाउनको घोषणा गरेका छन् । हाम्रो देश नेपालमा पनि पछिल्लो एक महिनादेखि लकडाउन जारी छ ।
यसै प्रसंगमा गायक रामकृष्ण ढकालले मानिस र प्रकृतिलाई जोडेर तयार पारिएको एउटा गीत गाउनु भएको छ । ‘प्रकृतिलाई..’ शीर्षकको उक्त गीतको लिरिकर म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ । उक्त गीतमा आशबहादुर तामाङका शब्द तथा किरण कँडेलको संगीत सुन्न सकिन्छ ।
उक्त गीतका बारेमा गायक रामकृष्ण ढकालको भनाइ छ- ‘मानिस प्रकृतिको एउटा अंश हो । उसैको अंशले उसकै विरुद्ध गरेका क्रियाकलापको फल हरेक समय मानिसले भोग्दै आइरहेको छ । तर पनि प्रकृतिका हरेक चुनौतिलाई पार गर्दै मानिसले आफ्नो चेतना उच्च पार्दै आइरहेको छ ।
फेरि पनि मानिसले प्रकृतिको चुनौतीलाई जितमा लगभग परिणत गरिसकेको छ । कोरोनाको महामारीको यो विपदमा तपाईंको मनमा मलम लगाउन एउटा सकारात्मक आशा र उर्जा बोकेको यो गीत गाएको छ । सबैबाट प्रतिक्रियाको अपेक्षा गरेको छु ।’
यस्तो छ उक्त भिडियाको भिडियो




















