काठमाडौं– ‘सिमसिमे पानीमा…’ फेम गायिका रेखा शाहले लकडाउनकै बीच आफ्नो एउटा नयाँ गीतको लिरिकल म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । गायिका शाहले ‘जिन्दगीको अर्थ’ शीर्षकको गीतको भिडियो आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत सार्वजनिक गर्नु भएको हो ।
प्रस्तुत गीतका शब्दहरु गीतकार भूपेन्द्र खड्काले रचना गर्नु भएको हो भने वरिष्ठ संगीतकार राजु सिंहले यसलाई संगीतबद्ध गर्नु भएको हो । फणिन्द्र राई यो गीतका संगीत संयोजक हुनुहुन्छ । लिरिकल भिडियोलाई दिपेन बस्न्यातले निर्देशन गर्नु भएको हो ।
यी हुन् गीतका शब्दहरु
जिन्दगीको अर्थ…
जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी,
जूनले पनि पोल्छ मलाई सधैं राति-राति
धर्ती सबै उस्तै लाग्छ,उस्तै लाग्छ गाउँ,
जसलाई म प्रिय मान्छु बिझ्छ त्यही नाउँ
खील फाल्छु घाउको तर किन हुन्न जाती,
जूनले पनि पोल्छ मलाई सधैं राति-राति
कत्ति आँसु नझरोस् है मुटु कोर्ने मनको,
अझै भलो होस् सधैं हाँसो चोर्ने मनको
जसले मलाई चढाएको छ दुखभन्दा माथि,
जूनले पनि पोल्छ मलाई सधैं राति-राति
यस्तो छ लिरिकल भिडियो


