कोभिड–१९ का कारण विशवभर प्रभाव बढिरहेको छ । विजनेस म्यान देखि सेलेब्रेटीहरु अहिले फुर्सदिला भएका छन् । सबैले आफ्नो र अन्यको स्वास्थयलाई ख्याल गर्दै क्वारेन्टाइनमा बसिरहृका छन् । त्यसमध्ये कतिपयले क्वारेन्टाइनको समयलाई पनि फरक तरिकाले सदुपयोग गरेका छन् । विश्भरको अवस्था हेर्ने हो भने लेखकहरु यतिखेर किताब लेख्न र अन्य सामाग्रीहरु रिसर्च गर्न व्यस्त भएका छन् ।
केही सेलेब्रेटीहरु फिल्म हेर्न र घरमा समय दिन व्यस्त भएका छन् । बालबालिकाहरु अनलाईन गेम र अनलाईन स्टडीमा व्यस्त भएका छन् । यस्तै यतिखेर फिल्मका सेलेब्रेटीहरु आफ्नै तरिकाले व्यस्त भईरहेका छन् । कतिपयले सेलेब्रेटीहरुले समस्यामा परेका आम नागरिकहरुलाई सहयोग गर्न लागि परेका छन् ।बलिउडकी नायिका तथा पूर्व पोर्नस्टार सन्नी लियोनी यतिखेर आफ्नो बच्चाहरुलाई मास्क लगाउन सिकाउँदै छिन् । उनले आफ्नो सामाजिक सञ्जालबाट क्वारेन्टाइनको समय सदुपयोग गर्दै बच्चाहरुलाई मास्क लगाउन सिकाएको तस्बिरमा सामाजिक संजालमा चर्चामा छ ।
उनले यो अवस्थालाई नयाँ युगको संज्ञा दिएकी छिन् । जन्मदै मास्क लगाउनु पर्ने युग भएको कारण नयाँ युग रहेको उनले अर्थ लगाएकी छिन् । यतिखेर सबै बाँच्नु छ । मेरा बच्चाहरुपनि बाँच्नु छ, यो अवस्थामा मास्क आवश्यक छ । उनले श्रीमान्सँगै आफुले एडप्ट गरेको तीन बच्चाका साथ तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा सबैले मास्क लगाएका छन् । साथै उनले अन्य तस्वीरहरु पनि सार्वजनिक गरेकी छिन् ।


