×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ४ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

काठमाडौं र बागलुङका कोरोना विजेताको कथा

  •  
  • आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं / बागलुङ : नेपालमा दोस्रो कोरोना संक्रमित हुन्, १९ वर्षीया प्रसिद्धि श्रेष्ठ । अस्पताल बसेको २७ दिनमा कोरोनालाई पराजित गरी उनी शनिबार घर फर्किएकी छन् । शनिबार नै बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल पनि निको भएर डिस्चार्ज भइन्। छैटौं संक्रमित यी वृद्धा अस्पताल बसेको १८ दिनमा संक्रमणबाट मुक्त भएकी हुन्। उनीहरूले कोरोना माथि पाएको सफलतालाई आजको अन्नपूर्ण पोष्टले प्रमुखताका साथ प्रकाशित गरेको छ ।

    किशोरी र वृद्धा दुवै जनाले कोरोनासँगको लडाइँ जित्दा उस्तै सन्देश दिए– उच्च आत्मबल। संक्रमणपछि न प्रसिद्धि विचलित भइन् न त मनकुमारीले आफ्नो आत्मबललाई कमजोर हुन दिइन्। दम र रक्तचापको बिरामीसमेत रहेकी मनकुमारीले कोरोनासँग लड्न उच्च मनोबलसहित दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउने गरेको अनुभवसमेत सुनाइन्।

    लक्षण नदेखिँदै अस्पताल गइन् प्रसिद्धि

    प्रसिद्धि श्रेष्ठ लक्षण नदेखिँदै अस्पताल पुगिन्। २७ दिन आइसोलेसनमा बसिन्। शनिबार डिस्चार्ज हुँदा ढाडस दिँदै भनिन्, ‘मास्क, पन्जा लगाउनुहोला। ठाउँ–ठाउँमा टाँसिएको सूचना पढ्नुहोला। सावधानी अपनाउनुहोला। अनावश्यक घुमफिर नगर्नुहोला।’ उनी शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट घर फर्किएकी हुन्। ‘उहाँ (प्रसिद्धि) त्यति धेरै दिन आइसोलेसनमा बस्दा पनि आत्तिनुभएन’, अस्पतालका प्रवक्तासमेत रहेका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले अन्नपूर्णसँग भने, ‘मनोबल उच्च थियो।’

    अस्पताल भर्ना भएपछि बिस्तारै लक्षणहरू देखिए। श्वासप्रश्वासमा गाह्रो भयो। पेटमा दुखाइ महसुस भयो। खोकी लाग्न थाल्यो। थकाइ लाग्थ्यो। तापनि उनले हरेस खाइनन्। कोरोनासँग लडिरहिन्। ‘बाहिरी मुलुकबाट आउनुभएको छ भने आफंै आइसोलेसनमा बसिदिनुहोला’, उनले अनुरोध गरिन्, ‘यसले गर्दा समाजमा कोरोना भाइरस फैलिन पाउँदैन।’ संक्रमितलाई नराम्रो ढंगले कलंकका रूपमा (स्टिग्मा) प्रस्तुत नगर्न उनले सञ्चारमाध्यमलाई पनि आग्रह गरिन्।

    फ्रान्सको एक विश्वविद्यालयमा अध्ययनरत उनी चैत ४ गते कतारको दोहा हुँदैे काठमाडौं आएकी थिइन्। विदेशबाट आएका कारण उनी घरमा अलग्गै बसिन्। कुनै लक्षण देखिएन। उनी घर आएको चौथो दिन सँगै यात्रा गरेकी भियतनामकी साथीले आफू संक्रमित भएको उल्लेख गर्दै फोन गरिन्। ‘साथीलाई कोरोना भाइरस पोजिटिभ देखिएको रहेछ’, उनले भनिन्, ‘जाँच गरिहालौं भनेर म टेकु आएकी थिएँ।’

    उनी ९ गते अस्पतालमा जँचाउन जाँदा मास्क र पन्जा लगाएकी थिइन्। अस्पतालमा उनको घाँटी र नाकभित्रको खकार (स्वाब) परीक्षण गरियो। आइतबार रिपोर्ट आयो। उनी भर्ना भइन्। घर आएको छैटौं दिन १० चैत सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पत्रकार सम्मेलन गरी दोस्रो संक्रमणको पुष्टि गरे। मन्त्री ढकालले नै उनलाई डिस्चार्ज हुँदा आफ्नो अनुभव बाँड्न पनि आग्रह गरेको मन्त्रालय स्रोतले बतायो।

    उनीभन्दा अघि चीनमा अध्ययनरत एक युवामा माघ ९ गते कोरोना भाइरस पोजिटिभ भेटिएको थियो। ती युवा पनि डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। सबैको स्वास्थ्य सामान्य छ। घरमा पनि आफैं एकान्तवासमा बसेकाले अभिभावक एवं आफन्त र समाजमा कोरोना फैलिन नपाएको श्रेष्ठले बताइन्। नेपाल टेलिभिजनलाई दिएको पहिलो अन्तर्वार्ता शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत सार्वजनिक गरिँदा उनमा आत्मविश्वास प्रस्ट देखिन्थ्यो।

    अस्पतालको दिनचर्या

    कोरोना परीक्षणपछि उनी घरमै फर्किन्। जँचाउन दिएको दुई दिनपछि रिपोर्ट पोजिटिभ आयो। चिकित्सकले तत्काल घरमै एम्बुलेन्स पठाए। अस्पतालमा आउँदा उनलाई प्रमुख कन्सल्टेन्ट डा. बाँस्तोलाले स्वागत गर्दै हौसला बढाए। ‘तिमी चिन्ता नलेऊ भनेर डाक्टरहरूले भन्नुभयो। पेसागत मात्र होइन, व्यक्तिगत रूपमा पनि डाक्टर, नर्सले हौसला व्यक्त गर्नुभयो’, उनले भनिन्।

    अस्पतालका निर्देशक डा. सागरराज भण्डारी र डा. बाँस्तोलाको नामै लिएर उनले धन्यवाद व्यक्त गरिन्। डा. बाँस्तोला उनलाई हौस्याउन शय्या गइरहन्थे। डिस्चार्जका क्रममा शनिबार उनले उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीप्रति कृतज्ञता व्यक्त गरिन्। डा. बाँस्तोलाका अनुसार श्रेष्ठले चिकित्सा विज्ञानमा पनि रुचि राखेर कुराकानी गर्थिन्। सञ्चो भएपछि एन्टिबडी दान गर्नेबारे छलफल गरेकी थिइन्। ‘कोरोना भाइरसबाट कोही पनि गम्भीर बिरामी नहोऊन्’, उनले भनिन्, ‘यदि मैले प्लाज्मा दिनुपर्छ भने सहयोग गर्न तयार छु।’

    अस्पताल बसाइका क्रममा मनमा उब्जन सक्ने नकारात्मक कुराहरूको व्यवस्थापन गर्न सकिएको डा. बाँस्तोलाले बताए। दुई पटक गरिएको पीसीआर जाँचमा कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए। ‘गम्भीर खालको संक्रमित भएको अवस्थामा रगतको प्लाज्मा दिन मबाटै सुरु गर्छु भन्नुभएको छ’, उनले भने, ‘त्यो एकदमै सकारात्मक कुरा हो।’ पहिलो संक्रमित युवा र दोस्रो व्यक्तिलाई निको बनाएर डिस्चार्ज गर्न सफल भएकोमा उनले खुसी व्यक्त गरे। भने, ‘संक्रमितहरूलाई यसैगरी डिस्चार्ज गर्न पाए गजब हुन्थ्यो।’

    संक्रमितमध्ये १२ जना विराटनगरस्थित कोसी अस्पताल, ५ जना धनगढीस्थित सेती अञ्चल अस्पताल र ४ जना वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत छन्। २ जनाको उपचार ललितपुरस्थित पाटन अस्पतालमा भइरहेको छ। बागलुङस्थित धौलागिरि अस्पतालमा २ जनाको उपचार भइरहेको छ। शुक्रराज ट्रपिकल अस्पतालमा भने एक जना उपचाररत छन्। संक्रमितलाई स्वास्थ्यलाभको सन्देश दिँदै श्रेष्ठले भनिन्, ‘आत्मबल बढाउनुहोला, ठीक हुनुहुन्छ।’

    प्रधानमन्त्रीले दिए बधाई

    प्रधानमन्त्री केपी ओलीले संक्रमित निको भएपछि उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीलाई बधाई दिएका छन्। उनले शनिबार डिस्चार्ज भएकी बिरामीको आरोग्यताको कामना गरेकी छन्। ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो बिरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ’, उनले ट्विटरमा लेखेका छन्, ‘उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद।’

    दम र रक्तचापको बिरामी थिइन् मनकुमारी

    पाको उमेरका भएकाले चिकित्सक मात्र होइन, परिवारका सदस्यदेखि शुभेच्छुकसम्म मनकुमारी पौडेलले कोरोनालाई पराजित गर्नेमा संशकित थिए। अझ १५–१६ वर्षदेखि दम र रक्तचापको बिरामी भएको थाहा पाएपछि यो शंकामा अझ निराशा थपिँदै थियो। वृद्धा मनकुमारी १८ दिनमै कोरोना जितेर घर फर्किन्छन् भन्ने सायदै सोचिएको थियो।

    वृद्धावस्थामा पनि उच्च मनोबल भए सहजै कोरोनालाई जित्न सकिन्छ भन्ने सन्देश दिएर उनी घर फर्किएकी छन्। चैत १७ गते कोरोना संक्रमण पुष्टि भएपछि ‘होम क्वारेन्टाइन’मा बसेकी पौडेललाई धौलागिरि अञ्चल अस्पतालमा ल्याइएको थियो। अस्पतालको आइसोलेसन कक्षमा उपचाररत रहे पनि उनमा कोरोनाको यतिका दिनसम्म कुनै आभास देखिएन।

    ‘कोरोना रोगभन्दा पनि आइसोलेसनमा एक्लै भएकाले दिन कटाउन गाह्रो भयो’, उनले भनिन्, ‘परिस्थिति खराब भए पनि मनस्थिति बलियो बनाए कोरोनालाई जित्न सकिने रहेछ।’ आइसोलेसनमा उपचारका क्रममा केही दिन बसेपछि रक्तचाप केही बढेकाले औषधि चलाइएको थियो। बीचमा दाँत र कान दुख्ने समस्या देखिए पनि सबै ठीकठाक रहेको उनले सुनाइन्। कोरोनाले विभिन्न देशमा मान्छे मरिरहेको खबर परिवार र आफन्तबाट पाउँदा केही डर लागे पनि मर्छु भन्ने कहिल्यै नलागेको उनको भनाइ छ।

    ‘किन–किन मलाई केही हुँदैन भन्ने लाग्थ्यो। यसलाई जितेरै छाड्छु भन्ने सोच आउँथ्यो’, उनले भनिन्, ‘यदि कोरोना लागेको छ भने मन बलियो बनाउनुस्। खानपानमा ख्याल गर्नुस्। तातोपानी अलि बढी पिउनुस्।’ कोरोनासँग लड्न उच्च मनोबलसहित दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउने गरेको अनुभव उनले सुनाइन्। आइसोलेसनमा रहँदा दैनिक बिहान, बेलुका दूध पिउने, नियमित खाना, खाजा खाने गरेको उनले उल्लेख गरिन्। खाना, खाजाको व्यवस्था धौलागिरी अस्पतालले निःशुल्क उपलब्ध गराएको थियो। खाना, खाजा लिएर नर्स आउने, अवस्था सोधपुछ गर्नु नियमित दैनिकी थियो।

    उनका अनुसार चिकित्सक भने बेला–बेला मात्र आउँथे। धेरै चाहिँ फोन गरेर सञ्चो÷बिसञ्चो सोध्ने गर्थे। आफू ठीक भएर घर जाने भएपछि उत्साहित बनेकी उनले कोरोना लाग्यो भनेर सबै टाढिँदा पनि साथ दिने स्वास्थ्यकर्मी, चिकित्सक आफ्ना लागि भगवान् बनेर सेवा गरेको बताइन्। बेल्जियमबाट चैत ४ गते कतार एयरवेजको उडानबाट स्वदेश आएकी उनलाई चैत १७ गते कोरोना पुष्टि भएको थियो।

    चिकित्सक, स्वास्थ्यकर्मी उत्साहित

    उनी निको भएपछि धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मी उत्साहित बनेका छन्। चौतर्फी भय बढिरहेका बेला जिल्लामा कोरोना संक्रमित देखिनासाथ अस्पतालमा ल्याउन र उपचार गर्न कठिन मानेका चिकित्सक र स्वास्थ्यकर्मी अहिले उत्साहित देखिएका हुन्। जोखिम मोलेर उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी वृद्धा आमा निको भएको सूचना पाएपछि कार्यक्षेत्रमा थप उत्साहित बनेर लागेको अस्पतालका प्रमुख डा. शैलेन्द्र बी पोखरेलले बताए।

    सुरुमा उपचारमा केही समस्या भए पनि भेन्टिलेटरदेखि आईसीयूको कामसमेत अघि बढेकाले कुनै समस्या नहुने डा. पोखरेलले बताए। दम र रक्तचापको समस्या भए पनि ६५ वर्षीया वृद्धाले उच्च मनोबल र खानपानका कारण कोरोनालाई सजिलै जितेर घर फर्किन लागेको उनले सुनाए। अस्पतालबाट डिस्चार्ज गरिए पनि उनलाई केही समय घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको अस्पतालले जनाएको छ।

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.