गोरखा समारचारदाता
गोरखा – कोरोना रोग देखिएको समय देखी विदेशबाट आएका गोरर्खालीहरुको आरडिटी टेष्ट हुने भएको छ ।
विश्वमा कोरोना संक्रमण देखिए पछि विदेशबाट गोरखा जिल्ला प्रवेश गरेका सबैलाई आडिटी टेष्ट गर्ने बिषयमा जिल्ला स्तरीय कमाण्ड पोष्टले निर्णय गरेको हो ।
विश्वमा कोरोना संक्रमण सुरु भएको समय देखी यस जिल्लामा प्रवेश गरी बसोबास गरिरहेको पहिचान भएका ४१७ जनाकै रयापिड डाईग्नोष्टीक टेष्टको ब्यवस्था मिलाउने र सो को लागि आवश्यक पर्ने परिक्षण किटको उपलब्धताको लागि सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश तथा स्वास्थ्य निर्देशनालय पोखरालाई अनुरोध गर्ने निर्णय भएको कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
रण सिं दल गणका प्रमुख सेनानी उज्वल केसी, नेपाल प्रहरीका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारी, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निरिक्षक पप्पु शर्मा तथा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त सहितको उपस्थितीमा भएको बैठकले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको समिक्षा गरेको समितिका सदस्य सचिव हर्कबहादुर रोकाले बताए ।




