गोरखा समाचारदाता
गोरखा – आईतबार बिहान गोरखा सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालयमा केही फरक दृष्यहरु देखिए । हातमा ग्लब्स लगाएका केही प्रहरी यताउता गर्दै थिए । लाग्थ्यो कुनै अपराधको सूचना मिल्यो र केही खोज्दैछन् ।
तर एकै छिनमा दृष्यले अर्को रुप लियो । प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले ति प्रहरीहरुलाई आफुले निर्वाह गनुपर्ने भूमिकाका बिषयमा प्रशिक्षण दिए । तत्कालै आदेश अनुसार केही प्रहरी समूहमा बसे र सेतो घेरा बनाएको स्थानमा आईतबार बिहान लकडाउनको नियमा उल्लघंन गरेका सवारी चालकलाई राखे ।
प्रहरी प्रमुख निर्देशन संगै हातमा ग्लब्स लगाएका एक जना प्रहरीले दुई जना अर्को प्रहरी साथीसंग हात मिल्यो । ति दुई जना प्रहरीले बाँकी साथीहरु संग हात मिलाए । ग्लब्स लगाएका सबैको दाहिने हातमा केही दाग देखियो ।
प्रहरीको भूमिका यतीमा नै सकियो । दृष्यले के भनिरहेको थियो भन्ने कुरा सेतो घेरामा उभिएकाहरुलाई बुझन गारो भयो । तत्कालै प्रहरी प्रमुख अधिकारीले त्यसका बिषयमा जानकारी दिए ।
प्रहरीले निर्वाह गरेको भूमिका बुझन गारो भएन । रहेछ के भने, विदेशबाट आएको एक जना मानिस सेल्फ क्वारिन्टीनमा नबसी साथीभाई संग लहसिदै हिड्न थाल्छ । विदेशबाट आफुले ल्याएको नोबल कोरोना भाइरस नामक रोग अरुलाई पनि सर्न थाल्छ । एक जनाबाट एकै छिनमा धेरैमा सर्ने यो रोगले कसैलाई पनि आफ्नो नभनिकनै सारा गाउँमा फैलिन्स भन्ने सन्देश दिईएको थियो ।
दृष्यको अर्को पाटो भने आईतबार बिहान लकडाउन उल्लघंन गरी सवारी चलाउने चालकहरु थिए । उनीहरुलाई पनि सोही सन्देश दिएर आफुखुशी बाहिर हिड्दा आफु त खतरामा परिन्छ परिन्छ अरुलाई पनि आफ्नो कारणले खतरामा पार्ने गरिदो रहेछ भन्ने सन्देश दिईएको थियो ।
सवारी चलाएर नियम उल्लघंन गरेको भन्दै बिहान उनीहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई १ घण्टाको कक्षा दिएर जिल्ला प्रशासन कार्यालय पठाएको र प्रशासनले संक्रमण ऐन अनुसार जनही १०० रुपैयाँ जरिवाना गरेर छाडेको थियो ।



