गोरखा समाचारदाता
बझाङ – बझाङ भएको बान्नीकी चैतली धार्मिक मेला गरेको भन्दै जनप्रतिनिधी र पुजारीलाई प्रहरीले पक्राउ गरेका छन ।
प्रसिद्ध छबिसपाथिभेरा गाँउपालिकामा लाग्ने धार्मिक मेला बान्नीकी चैतली सञ्चालन गरेको आरोपमा त्यहाँँका जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीहरुलाई प्रहरीले पक्राउ परेका हुन् ।
कोरोना भाइरसको महामारी फैलिन नदिन देश पुरै लकडाउन भए पनि छबिस पाथिभेराका स्थानीय बासिन्दाले लडकडाउन उल्लङ्घन गरेपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी बझाङले जनाएको छ ।
प्रहरीले पक्राउ गरेकाहरुमा छबिसपाथिभेरा गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाध्यक्ष केशब राज जोशी, वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना रहेका छन् ।
प्रहरीले उनीहरु संगै बान्नी मष्टा मन्दिरका पुजारी नृर्पप्रसाद जोशी र उनका २ जना सहयोगी पण्डित डम्बरबहादुर धामी र पुजारी जयकृष्ण जोशी पनि पक्राउ परेका छन् ।
त्यस्तै गरी स्थानीय ईन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सुदूरपश्चिमको यो प्रसिद्ध मेला नगर्न प्रशासनले पटक पछक आग्रह गर्दा पनि बान्नीकी चैतलीमा हजारौं श्रद्धालु तथा दर्शनार्थीहरु भेला भएर मेला गरेका थिए ।


