बिश्वब्यापी महामारी को रुपमा रहेको कोभिड -१९ को सक्रमण ले नेपाल मा पनि महामारी को रुप लिन सक्ने भन्दै बिश्व स्वास्थ्य ले सचेत रहन अग्राह गरेको छ तेहि कारण सरकारले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ ! यो एक अर्का बाट सर्ने भएकाले मानिस लाई एक अर्का बाट अलग रहन सरकारले निर्देशन दिएको छ र सोही अनुरुप लकडाउन गरेको छ ! तर आज हामि हिरासतमा सयौं को संख्यामा छौ !
नेपाल को अधिकांस हिरासतको स्थिति दयनिय छ ! साना साना कोठामा सयौ को संख्यामा कोचिएर बस्नुपर्ने , बोतलमा पिसाब फेर्नु पर्ने , हातधुन र नुहाउन समस्या , ब्यक्तिगत सामानहरु पनि धेरैले बाडेर प्रयोग गर्नु पर्ने उढुस र जुम्राको टोकाइ , जस्ता कयौ समस्याहरु रहेकाले यहाँ संक्रमण फैलिने जोखिम उच्च छ ! हिरासत को दयनीय स्थिति का कारण यसैपनि विभिन्न किसिमका रोगहरुले सताउने हुन्छ झन् कोरोना भाइरसको त्रासको कारण मनोबैज्ञानिक रुपमा सबैभन्दा बढी त्रसित र आतंकित हिरासतमा थुनुवाहरु छन !
हिरासतमा जब कुनै नयाँ थुनुवा ल्याइन्छ उसलाई स्वास्थ्य चेक -अप नै नगरिकिन अन्य थुनुवाहरु माझ राखिन्छ , स्वास्थ्य चेक -अप को नाम मा हिरासत भित्र ल्याइसके पछि कयौ घण्टा पछि मादकपदार्थ सेवन गरेको वा नगरेको बाहेक अन्य कुनै पनि किसिमको चेक-अप गरिदैन ! त्यसो हुदा संक्रमीत नया थुनुवा आएमा हिरासत भित्र हुने सबै थुनुवा हरु लाई संक्रमीत हुने कुरा निश्चित छ !
न सुचना -संचारको पहुँच , न परिवार सग को सम्पर्क ,मुद्दा मामिला को तनाव जस्ता कारणले निराश र चिन्तित थुनुवा कोरोना संक्रमण रोक्न गरेको राज्य ले गरेको लकडाउन का कारण अदालत बन्द भएकोले प्रहरी अनुसन्धानको म्याद सकिएपछि सछी पनि थुनुवाहरु लाई अदालत पेश गराउन नमिलेका कारण कयौ थुनुवा हरु हिरासतमा बसिरहेका छन ! यो अबस्थामा केही पहल गर्न र थुनुवाहरु को जिवनरक्षा का लागि सरोकारवाला , मानवअधिकारकर्मी ,नागरिक समाज , मिडियाकर्मी , बुद्धिजिबि र आम नागरिकमा हामी बन्द कोठा बाट हार्दिक अनुरोध गर्दछौ —थुनुवा
उनि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी को जनजर्गिय संगठन अखिल (क्रान्तिकारी )का केन्द्रिय सदस्य हुन ! हाल उनीलाई संगठित अपराध को अनुसन्धान का लागि हिरासतमा राखिएको छ


