काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोरोना संक्रमणको दोश्रो चरणमा पुगेकाले आगामी दुई सातासम्म जोखिम उच्च रहेको बताउनुभएको छ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने दुई साता निकै चुनौतीपूर्ण रहेकाले थप सजग हुनुपर्ने अवस्था आएको बताउनु भएको हो ।
थप सजगता नअपनाए अवस्था भयावह हुनसक्ने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले विदेशबाट आएकाले क्वारेन्टाइनमा नबसेकाले थप चिन्ता थपिएको बताउनुभयो । उहाँले जोखिम न्यूनीकरणका लागि क्वारेन्टाईनमा अनिवार्य बस्न आग्रह समेत गर्नुभयो ।
कतिपय अनुसन्धान गर्ने संस्थाले नेपालले चालेका कदम विकसित मुलुकभन्दा प्रभावकारी रहेको भनेर प्रशंसा गरेको भन्दै उहाँले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिले कोरोनाविरुद्धका सबै कामको नेतृत्व गरिरहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तह र प्रदेश सरकारको भूमिका पनि यसबेला प्रभावकारी देखिएको बताउनुभयो ।


