गोरखा समाचारदाता
काठमाण्डौं – यूएईको दुबईमा कार्यरत एक नेपाली महिलाले ज्यान गुमाएकी छिन ।
कोरोना भाइरस संक्रमणले उनको ज्यान गएको पुष्टि भएको छ ।
गएको १ दशक देखी दुबईमा कार्यरत रुपन्देही जिल्ला देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार ज्यान गए पनि सोमबार मात्रै उनी कोरोना संक्रमीत भएको अस्पतालले पुष्टि गरेको हो ।
मृतकलाई कोरोना संक्रमण भएको यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए । उनका अनुसार सोमबार साँझसम्म बिनुको ज्यान जानुको कारण कोरोनाको कारण हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।
बिहीबार साँझ खाना खाएर सुतेकी बिनु शुक्रबार मृत भेटिएकी थिइन । कोठाबाटै प्रहरीले शव उठाएको थियो । सोमबार दुबईको अल रशिद अस्पतालले बिनुको ज्यान जानुको काराण कोरोना भाइरस भएको पुष्टि गरेको हो ।


