गोरखा समाचारदाता
बझाङ – विश्वभर नोबल कोरोना भाइरसको डर त्रासका कारण सामाजिक दुरी समेत कायम गरिरहेको बेला नेपालको बझाङमा भने चैतली मेलामा लावालस्कर नै देखिएको छ ।
बझाङको छबिस पाथिभेरा गाउँपालिकामा संचालन भएको बान्निकी चैतली मेलालाई लकडाउनले छोएको छनक समेत पनि देखिन्न ।
कोरोना संक्रमण नहोस् भनेर सरकारले घर बाहिर ननिस्कन र भिड नगर्न आग्रह गरेपनि मेलामा सयौं सहभागी भएका छन् ।
भारतबाट घर फर्केकाहरु समेत मेलामा सहभागी भएकाले संक्रमण फैलने हो कि भन्ने डर स्थानीयमा देखिएको छ ।
भारतबाट फर्केका केहि मानिसहरु क्वारेन्टाइनमा बसेपनि केहि मानिसहरु खुलेआम बजारतिर हिडडुल गरिरहेका छन् ।
स्थानीय तहले सरकारको लकडाउन सम्बन्धि निर्देशन समेत उलग्घन गरेको छ ।


