काठमाडौं– हालै प्राप्त प्रमाणहरुले जुन देशमा क्षयरोगको विरुद्धमा प्रयोग गरिने बीसीजी खोपको प्रयोगलाई अनिवार्य गरिएको छ, ती देशहरुमा कोभिड–१९ को संक्रमण तथा मृत्युदर प्रभावकारी ढंगले घटिरहेको देखाएको छ । हस्टनको यूनिभर्सिटि अफ टेक्सासमा एक जना आइरिस कन्स्ल्ट्यान्टले अन्य चिकित्सकहरुसंग गरेको १ सय ७८ वटा देशहरुको अध्ययनपछि बीसीजी खोपको कार्यक्रम लागू नगरिएका देशहरुको तुलनामा आयरल्याण्डसहित बीसीजी खोप कार्यक्रम लागू गरिएका देशहरुमा धेरै कम कोरोना भाइरसका केशहरु देखिएका छन् ।
डब्लिनको माटर हस्पिटलका यूरोलोजिस्ट पल हेगार्टीका अनुसार यसले मृत्य दर मै २० गुणाले कमी देखाएको छ । उनीहरुको सुंयुक्त अध्ययन, जुन चाँडै नै एउटा जर्नलमा प्रकाशित हुँदैछ, त्यसले वृहत तथ्यांकमा आधारित हुनुका साथै त्यसले केही नयाँ तथ्यहरुतर्फ समेत सचेत बनाउने अनुमान गरिएको छ ।उक्त अध्ययन केहीअघि न्यूयोर्कमा गरिएको कोरोना भाइरसको अनुसन्धानमूलक परिक्षणभन्दा निकै प्रभावकारी रहेको मानिएको छ ।
अनुसन्धानलाई प्रभावकारी बनाउनका लागि अनुसन्धानकर्तहरुले महामारीको प्रकोपकै बीच विभन्न देशहरुबीच तुलना समेत गरेका थिए । हेगार्टी भन्छन्- ‘हामीले सोचेको भन्दा फरक तथ्य फेल पारेका छौं ।’ उनका अनुसार पछिल्लो १५ दिनको तथ्यांकले के देखाउँछ भने, बीसीजी खोप कार्यक्रम लागू भएका देशहरुमा प्रति दश लाखमा ३८ जनालाई कोभिड १९ को संक्रमण भएको छ, जबकि बीसीजी खोप कार्यक्रम सञ्चालन नगरेका देशहरुमा प्रति दश लाख ३ सय ५८ जना यसबाट संक्रमित भएका छन् ।
यसैगरी बीसीजी खोप कार्यक्रम सञ्चालन गरेका देशहरुको मृत्युदर दर प्रति दश लाखमा ४ दशमलव २८ पाइएको छ भने खोप सञ्चालन नगरेका देशहरुमा प्रति दश लाख ४० जनाको निधन भएको देखाएको छ । सौभाग्यवस, नेपाल पनि बीसीजी खोप कार्यक्रम लागू गर्ने देश अन्तर्गत पर्दछ । यहाँ प्रत्येक शिशूलाई जन्मिने बित्तिकै बीसीजी खोप दिने गरिन्छ ।
द आइरिश टाइम्सबाट साभार


