एजेन्सी – अमेरिका, स्पेन र इटालीमा कोरोना नोबल भाइरस (कोडिभ१९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ ।
मंगलबार बिहान सम्ममा ति देशहरुमा ज्यान गुमाउनेको संख्या ४० हजार ७४० पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा १० हजार ८७६, स्पेनमा १३ हजार ३४१ र इटालीमा १६ हजार ५२३ जनाले ज्यान गुमाई सकेको छ ।
ति देशहरुमा संक्रमितको संख्या ६ लाख ३६ हजार ६०७ जना पुगेको छ । ति मध्ये ८२ हजार ९४५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा मात्रै गएको २४ घण्टामा १ हजार २५५ जनाले ज्यान गुमाएका थिए । अमेरिका कोरोना भाइरसबाट प्रभावित देशको सूचीमा पहिलो नम्बरमा छ ।


