एजेन्सी – भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको छ । संक्रमणका कारण हिजो एकै दिन २८ जनाको ज्यान गएको छ ।
यस्तै सोमबार थप ७०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या ४ हजार ७७८ पुगेको छ । मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।
अहिलेसम्म ३७५ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् ।
भारतमा अहिलेसम्म एक लाख एक हजार भन्दा बढीको परीक्षण सम्पन्न भउको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ । सोमबार महाराष्ट्रमा कोरोना भाइरसका १ सय २० नयाँ संक्रमित पुष्टि भएका हुन् ।
यस्तै दिल्लीमा संक्रमितको संख्या ५२५ पुगेको छ मध्य प्रदेशमा २५६ संक्रमित भएका छन् । तेलंगाना, आन्ध्र प्रदेश तथा केरलमा पनि संक्रमित बढेका छन् ।


